नुवाकोट बारको अध्यक्षमा उत्तम घिमिरे सर्वसम्मत चयन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २७, आईतवार १३:१८

विदुर । नुवाकोट जिल्ला अदालत बार एसोसिएसनको १९औँ वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ ।

शुक्रबार विदुरमा सम्पन्न साधारण सभाले उत्तम घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, सचिवमा गरिमा पाण्डे, सह–सचिवमा माबासुदेव रिजाल तथा कोषाध्यक्षमा नवदीप श्रेष्ठ चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा सुदनराज कडुवाल, सुकबहादुर तामाङ, सुनिल रिमाल, कुशल दुवाडी, पार्वती लोहनी र सुमन चालिसे चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने जनाइएको छ ।

त्यस्तै, केन्द्रीय पार्षदहरूमा कुमार अधिकारी, कृष्णलाल श्रेष्ठ, ओमकुमारी भट्ट र किरणप्रकाश कुइकेल चयन हुनुभएको छ ।

नवनिर्वाचित नेतृत्वलाई कानुनी क्षेत्रको विकास, व्यवसायिक हकहित संरक्षण तथा न्यायिक सेवाको प्रभावकारी प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply