भूकम्पको धक्का महसुस

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २७, आईतवार १३:५५

काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार (वैशाख २७) धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, दिनको ११ः५५ बजे दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, यही वैशाख २४ गते धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply