|
२०८३ बैशाख २८, सोमबार १८:५८
काठमाडौं, वैशाख २८ । नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेको राजीनामाबारे केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सिइओ पाण्डेको राजीनामासम्बन्धी समाचार भ्रामक, निराधार र तथ्यविहीन रहेको स्पष्ट पारेको हो।
बैंकका अनुसार सिइओ पाण्डे हाल पनि नियमित रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै बैंकको व्यवस्थापन तथा सञ्चालनमा सक्रिय रूपमा संलग्न रहनुभएको छ।
साथै, कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक स्रोतबाट जानकारी पुष्टि गर्न सञ्चारमाध्यम तथा सम्बन्धित पक्षलाई बैंकले अनुरोध गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्