|
२०८३ बैशाख २८, सोमबार १९:४५
विदुर । नकवजनी चोरी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
सम्मानित नुवाकोट जिल्ला अदालतको मिति २०८० कात्तिक २३ गतेको फैसला बमोजिम ११ महिना १७ दिन कैद सजाय तथा १० हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका नुवाकोट साविक चतुराले गाविस वडा नं. २ हाल ककनी गाउँपालिका वडा नं. ७ नयाँबस्ती बस्ने ३१ वर्षीय बिनोद कोईराला भन्ने विकास नेपालीलाई प्रहरीले वैशाख २८ गते पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नुवाकोट जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको आदेशपछि उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्