बजेट अधिवेशनको पहिलो दिनमै विपक्षी विपक्षीले ‘प्रतिवाद’ गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार १३:३१

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो बैठकमै विपक्षी दलहरूले सरकारविरुद्ध प्रतिवाद गर्ने तयारी गरेका छन् ।


दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराउने विपक्षी दलहरूको योजना रहेको बताइएको छ । विशेषगरी अध्यादेशमार्फत गरिएका निर्णय, सुकुम्वासी बस्तीमा डोजर चलाइएको विषय तथा सरकारका पछिल्ला कदमप्रति असन्तुष्टि जनाइने जनाइएको छ ।


प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई ले विपक्षी दलहरूले आफ्नो धारणा स्पष्ट रूपमा संसद्मा राख्ने बताए । उनका अनुसार सभामुखसँगको छलफलमा विपक्षी पक्षलाई बोल्न पर्याप्त समय दिन आग्रह गरिएको छ ।


सोमबार बिहान सभामुख डोलप्रसाद अर्याल सँग विपक्षी दलका प्रमुख सचेतकहरूको भेटवार्ता भएको थियो । भेटमा संसद्मा उठाइने एजेन्डा र बैठक सञ्चालनबारे छलफल भएको जनाइएको छ

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *