अध्यादेशमार्फत सदन कमजोर बनाउन खोजियो : कांग्रेस

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २८, सोमबार १४:४९

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत संसद्लाई कमजोर बनाउन खोजेको आरोप लगाएको छ । संसद् अधिवेशनको पहिलो बैठकमा सोमबार कांग्रेसका सचेतक निश्कल राई ले दुईतिहाइ नजिकको सरकार नै सदनसँग डराएको टिप्पणी गरे ।


उनले “दुईतिहाइ नजिकको शक्तिशाली सरकार आखिर सदनसँग किन डराएको छ ? किन अध्यादेशको बाटोबाट सदनलाई कमजोर बनाउन खोजिएको छ ?” भन्दै प्रश्न उठाए ।

अध्यादेश संसद्को भावना र आवश्यकताअनुसार आउनुपर्ने उल्लेख गर्दै उनले सत्ता सहजताको साधनका रूपमा प्रयोग गर्न नहुने बताए ।


सचेतक राईले सरकारले ल्याएका अध्यादेशका विषयमा कांग्रेसले दफा–दफामा प्रश्न उठाउने चेतावनी दिए । “दफा–दफामा जवाफ खोज्नेछौँ, सरकारलाई हाइसन्चो बनेर बस्न दिँदैनौँ,” उनले भने ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *