एसईई २०८२ मा प्यारामाउन्ट एकेडेमीको शतप्रतिशत नतिजा, एक विद्यार्थीले ल्याए ४ जीपीए

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २९, मंगलवार १०:११

काठमाडौं । राजधानीकाे बानियाँटारमा रहेकाे संस्थागत विद्याप्यारामाउन्ट एकेडेमीले एसईई २०८२ मा शतप्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेको छ ।
राजधानीको टोखा नगरपालिका–बानियाँटारस्थित विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये १ जनाले ४.० जीपीए प्राप्त गरेका छन् भने ८ जनाले ए प्लस, १६ जनाले ए र ११ जनाले बी प्लस ग्रेड हासिल गरेका विद्यालयले जनाएको छ । साथै १ जना विद्यार्थीले बी ग्रेड प्राप्त गरेका छन् ।


विद्यालयका प्रिन्सिपल मुकुन्द प्रसाद पाण्डेले बधाई दिँदै मेहनत, अनुशासन र समर्पणकै परिणामस्वरूप उत्कृष्ट नतिजा हासिल भएको उल्लेख गर्नुभएको छ । विद्यालय परिवारले सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ ।


विद्यालयले उत्कृष्ट नतिजाका लागि शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको योगदानप्रति आभार व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *