बेलकोटगढी । बेलकोटगढीस्थित पञ्चकन्या माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गर्दै शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।
विद्यालयबाट सहभागी सबै २८ जना विद्यार्थी ग्रेडेड भएसँगै विद्यालयले गत वर्षको सफलता यस वर्ष पनि कायम राखेको हो ।
विद्यालयका प्रधानाध्यापक ठाकुरजंग पाण्डेका अनुसार विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकहरूको सहयोगका कारण विद्यालयले उल्लेखनीय नतिजा प्राप्त गर्न सफल भएको हो ।
यस वर्ष विद्यालयका केही विद्यार्थीहरूले उच्च जीपीए हासिल गर्दै विद्यालयको गौरव बढाएका छन् । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गरेको छ । यस वर्ष उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थीहरूमन सिमा तामाङ — ३.५८ GPA, — ३.५५ GPA, सजिना भाइचा — ३.४३ GP,. सिम्रन पाण्डे — ३.०४ GPA, रश्मि तामाङ — ३.०२ GPA सविन श्रेष्ठ रहेका छन् ।
सामुदायिक विद्यालयप्रति अभिभावक तथा स्थानीय समुदायको विश्वास बढ्दै गएको अवस्थामा पञ्चकन्या माध्यमिक विद्यालयको यो नतिजालाई गुणस्तरीय शिक्षातर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूले सामूहिक प्रयासकै प्रतिफलस्वरूप यस्तो उपलब्धि हासिल भएको बताइएकाे छ ।
साथै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यालयलाई नमुना सामुदायिक विद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्