विदुरमा एसइईको नतिजामा सुधार,८२.८७ प्रतिशत विद्यार्थी उत्रीर्ण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २९, मंगलवार १९:१९

विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकाकाले आफ्नै शैक्षिक गतिविधिमा सुधार गरेको देखिएको छ । २०८२ को एसईई परीक्षाको मंगलबार भएको नतिजा अनुसार विदुर नगरपालिकाबाट यस वर्ष ८२.८७ प्रतिशत विद्यार्थी उत्रीर्ण हुन सफल भएका छन् । नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयको समग्र नतिजामा ८२.८७ प्रतिशत विद्यार्थी उत्रीर्ण भएको नगरपालिकाले जारी गरेको प्रकाशित गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

नगरपालिकाभित्र रहेका ३५ विद्यालय मध्ये सामुदायिक विद्यालयतर्फ प्रगतीशील माध्यमिक विद्यालयले शत प्रतिशत विद्यार्थी उत्रीर्ण गराउन सफल भएको छ । प्रगतीबाट १६ जनाले परीक्षा दिएका थिए । यस्तै जिल्ला सदरमुकाम विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयबाट ९ जनाले ४ जिपिए ल्याउन सफल भएपनि उक्त विद्यालयले शतप्रतिशत विद्यार्थी उत्रीर्ण गराउन भने सफल हुन सकेन् ।

पृथ्वीबाट ९३ जनाले परीक्षा दिएकामा २ जना नन ग्रेडिड.मा परेका छन् । नगरपाकिाभित्रकै अर्को विद्यालय संस्कृत मावि देवीघाटले पनि ९७.४४ प्रतिशत विद्यार्थी उत्रीर्ण गराउन सफल भएको छ । उक्त विद्यालयबाट ३९ जनाले परीक्षा दिएकोमा ३८ जना ग्रेडिड.मा परेका छन् । विदुरकै अर्को चन्द्रज्योती माविले पनि उत्कृष्ट नतिजा हासिल गरेको छ ।

चन्द्रज्योतीले ८४.३८प्रतिशत विद्यार्थी उत्र्तीर्ण गराएको छ । जिल्लाको पुरानो मावि त्रिभुवन त्रिशूलीले पनि राम्रो नतिजा ल्याउन सकेको देखिन्छ । त्रिभुवन त्रिशूलीबाट ९२ जना विद्यार्थीले परीक्षा दिएकोमा ८६ जना उत्र्तीण भएका छन् । उक्त विद्यालयबाट ६ जना विद्यार्थी नन् ग्रेडिड.मा परेका छन् । गत वर्ष एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्र्तीण गराएको तीनाधारे पिपलडाँडा माविको नतिजा यस पटक खस्किएको छ । उक्त विद्यालयबाट २७ जनाले परीक्षा दिएकोमा ११ जना मात्रै उत्रीर्ण भएका छन् भने १६ जना नन ग्रेडिड.मा परेका छन् ।

संस्थागत विद्यालयतर्फ गुडविल एकेडेमी पिपलटार,नेशनल बेथेल एकेडेमी,ओम माने पब्लिक स्कुल,सुर्यज्योति इड्.लिस स्कुल,जे.डी. सेकेण्डरी बोडिड. स्कुलले शत प्रतिशत विद्यार्थी उत्रीर्ण गराउन सफल भएका छन् । यस्तै विदुरमा नाम चलेका संस्थागत विद्यालयहरुमध्ये शुभेनियर बोडिड.ले ८६,अर्किडले ७९.३७,दिब्यरत्नले ६४.२९ प्रतिशत विद्यार्थी उत्रीर्ण गराउन सफल भएका छन् ।


नगरपालिभित्रक रहेका ३७ विद्यालयबाट ८९९ विद्यार्थीले परीक्षा दिएकोमा ७४५ विद्यार्थी ग्रेडेड भएका छन् भने १५४ जना ननग्रेडेड भएका छन् । नगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय गरि ११ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् । जसमध्ये ९ जना पृथ्वी माविका विद्यार्थी रहेका छन् । १ जना सुभेनियमा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *