नुवाकोट । नुवाकोटको बिदुर–२, बट्टारस्थित सुभेनियर बोर्डिङ स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये स्टेफेन धमलाले ४.०० जीपीए प्राप्त गर्दै विद्यालयको गौरव बढाएका छन्।
विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ३.६१ भन्दा माथि जीपीए ल्याउने ११ जना विद्यार्थी रहेका छन् भने ३.२१ देखि ३.६० सम्म ११ जना, २.८१ देखि ३.२० सम्म १३ जना तथा २.४१ देखि २.८० सम्म २ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूमा सलिना पाण्डेले ३.९५, अन्वेशा पौडेल र जेनिशा घलेले ३.८७, सुन्दरप्रसाद कडेलले ३.८६, स्वरुपराज ओझाले ३.८४, प्रतिभा रिमाल र प्राजक्ता सेढाईंले ३.७५, समिर गजुरेलले ३.७४ तथा जेनिथ बोगटीले ३.७१ जीपीए प्राप्त गरेका छन्।
त्यसैगरी अनु तामाङले ३.६७, जस्मिन सेढाईं र रेश्मा थपलियाले ३.५५, आयुष आचार्यले ३.५०, स्वायब डंगोलले ३.४९ तथा अस्मा तामाङले ३.४२ जीपीए प्राप्त गरेका छन्।
विद्यालयले सफलतापूर्वक उत्तीर्ण सबै विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्