|
२०८३ बैशाख ३१, बिहीबार १३:२८
नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले बुधबार ४ जनालाई नियन्त्रणमा लिएको थियो भने आज धादिङ प्रहरीले खनियाबास गाउँपालिकाबाट थप २ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेकामाथि संयुक्त रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हत्या गरिएका ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव बुधबार खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा फेला परेको थियो ।
घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।
प्रहरीका अनुसार घटनाको कारण र संलग्न व्यक्तिहरूबारे विस्तृत अनुसन्धान जारी रहेको छ ।
पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्