|
२०८३ बैशाख ३१, बिहीबार १६:१६
काठमाडौं– सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ।
पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले पक्राउ गर्नुको कारण पेश गर्न आदेश दिएको हो।
साथै अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ।
सीआईबीले पाण्डेलाई नियन्त्रणमा लिएपछि बैंकिङ क्षेत्रका विभिन्न संगठनहरूले समेत आपत्ति जनाउँदै ध्यानाकर्षण गराएका छन् ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्