कांग्रेस नुवाकोटमा फेरियो आन्तरिक समिकरण, देउवा – खड्का पक्षको नेतृत्व धुर्व अधिकारीले गर्दै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख ३१, बिहीबार १८:३३

काठमााडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनपक्ष र नियमित महाधिवेशनपक्षनबीच पार्टीभित्र आन्तरिक द्धन्द चर्किरहेका बेला नुवाकोट जिल्लामा पनि कांग्रेसका नाम चलेका नेताहरु देउवा – खड्का पक्षमा खुलेर लागेका छन् । कांग्रेस देउवा समूहले बुधबार राजधानीको कार्की ब्याङ्केटमा आयोजना गरेको बागमती प्रदेशस्तरीय भेलामा पार्टीका पूर्व जिल्ला सभापति धुर्व अधिकारीको नेतृत्वमा जिल्ला तथा प्रदेश तहका दुई दर्जन नेताहरु भेलामा सहभागि भएका थिए ।

नेपाली कांग्रेस नुवाकोटको संस्थापक नेता मध्येका एक अधिकारीको नेतृत्वमा कांग्रेस नुवाकोटका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरुमा उक्त भेलामा सहभागि भएका हुन् । जिल्ला सचिव श्रीराम श्रेष्ठले दिनुभएको जानकारी अनुसार सो भेलामा अधिकारीसहित जिल्ला सचिव श्रेष्ठ ,सहसचिव उत्तम पाठकसहित जिल्लाको चारवटै प्रदशेका सभापति सहभागि भएका थिए । नुवाकोट क्षेत्र नं १ बाटका क र ख प्रदशेका सभापति क्रमशः हरि दुलाल(कावा) र रामजी पौडेल तथा क्षेत्र नं २ बाट बैकुण्ठ बहादुर पाण्डे र गणेशमान तामाङ पनि सहभागि भएका थिए ।

यस्तैप्रदेश सदस्य बद्री मुडबरी, महासमिति सदस्यहरु अर्जुन न्यौपाने, शिव अधिकारी,कृष्ण लामा , नारायण पाण्डे, सहितका नेताहरु सहभागि भएका थिए कांग्रेस नेता प्रमोद रिमाल ,महिला संघकी केन्द्रीय सदस्य कल्पना नेपाली, जिल्ला अध्यक्ष सरिता आचार्य, कांग्रेस खेलकुद विभागक सचिव रामराजा बोगटीसहितका ५० भन्दा बढि नेताहरु सहभागि थिए । सो भेलामा पूर्व जिल्ला सभापति अधिकारीले नुवाकोट जिल्लाको तर्फबाट आफ्नो मन्तव्य समेत राखेका थिए । कार्यक्रममा बोल्दै नेता अधिकारीले कांग्रेस पार्टी पछिल्लो दिनमा विधि र थिति अनुसार चल्न नसकेको भन्दै आफूहरुले पार्टी विभाजन भन्दा पनि कांग्रेसलाई विधि अनुसार अघि बढाउनका लागि दवाव सिर्जना गरेको बताउनुभयो ।

नेता अधिकारीले वर्तमान नेतृत्व एकलौटी र एकपक्षीय रुपमा आएको भन्दै यसले १५ औं महाधिवेशन गर्न नसक्ने र त्यसका लागि साझा संयन्त्र निर्माण गरेर एकतावद्ध रुपमा सबैको सहभागितामा १५ औं महाधिवेशन हुनुपर्नेमा जोड दिनुभयो । अधिकारीले क्रियाशिल सदस्य अध्यावधिकका नाममा पार्टीमा नविकरण भैसकेका सदस्यलाई फेरि दुःख दिने काम भएको भन्दै असन्तुष्टि जनाउनुभयो । यस्तै भेलामा सहभागि भएका जिल्ला तहका नेताहरुले अहिलेको माग भनेको सबैलाई समटेर जान सक्ने नेतृत्वको आवश्यकता भएको भन्दै साझा संयन्त्र निर्माण गरेर मात्रै १५ औं महाधिवेशनमा जानुपर्ने आफूहरुको समेत धारणा रहेका बताएका थिए ।

जिल्ला सचिव श्रेष्ठले निर्वाचनको परिणामले विशेष महाधिवशेनको औचित्य सकिएकाले अब साझा संयन्त्र निर्माण गरेर सबैको सहमतिमा १५ ओं महाधिवेशनमा जाने र कांग्रेसलाई एकतावद्ध बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय नुवाकोट जिल्लामा कांग्रेसको राजनीति विगतमा जस्तै दुई गुटमा बाडिएको छ । एउटा गुटको नेतृत्व अर्जुननरसिंह केसी र सहमहामन्त्री बहादुरसिंह लामाले गरिरहेका छन् भने अर्को गुटको नेतृत्व डा. प्रकाशशरण महत र जिल्लामा धुर्व अधिकारीले गर्ने संकेत देखिएको छ । अधिकारीले विगतमा आफसँग रहेका र अर्को समूहमा भएका नेताहरुसँग समेत सम्वाद अघि बढाउँदै १५ औं महाधिवेशनका लागि साझा संयन्त्र निर्माणको मागलाई नुवाकोटबाट समेत बलियो दवाव सिर्जना गराउने प्रयास थालेका छन् ।

क्षेत्र नं १ का क्षेत्रीय अध्यक्ष धुर्व श्रेष्ठ महत टिममा नै सक्रिय छन् भने २ का जगत जगत तामाड. बहादुरसिंह निकट रहेका छन् । जिल्ला सभापति रमेश महत डा शेखर कोइराला निकट रहेर काम गरिरहेका छन् । सो अनुसार नै उनले क्रियाशिल सदस्यको विवरण नबुझाएको आरोप लाग्ने गरेको छ ।यस्तै महत निकट रहेका श्रेष्ठले पनि क्रियाशिल अध्यावधिकको काम अघि बढाएका छैनन् ।

अधिकारी तत्कालिन अवस्था अर्थात २०५६ सालमा कांग्रेस विभाजित हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति थिए भने २०६२ मा कांग्रेस एक भएपछि पछि पनि एकिकृत पार्टीको सभापतिको जिम्मेवारीमा थिए । नुवाकोट जिल्लामा पञ्चायतकाविरुद्धको आन्दोलनका योद्धाहरुमध्ये अधिकारी एक मात्रै नेता यतिखेर राजनीतिमा सक्रिय छन् ।

कतिपयले पार्टी विभाजन भएको खण्डमा चुनाव चिन्ह्र र पार्टीको झण्डा जता भएपनि वास्तविक कांग्रेसको नेतृत्व भने अधिकारीले गर्ने दावी गर्न थालेका छन् । उता कांग्रेसकै कतिपय युवा नेताहरु भने नुवाकोट कांग्रेसमा महत, केसी र सिंहको परम्परागत गुट भत्काउँदै युवाहरुको नेतृत्वमा कांग्रेसलाई अझ बलियो र सशक्त बनाउने अभियानमा समेत लागेका छन् । तर सो समूहको नेतृत्व कसरी र कसले गर्ने भन्ने अन्योेलताका कारण भने अभियान अघि बढ्न नसकेको बुझिएको छ ।

उक्त समूहको बागमती प्रदेशस्तरीय भेलामा प्रकाशमानसिंहसहित नेताहरु डा. प्रकाशशरण महत, डिना उपाध्याय,एनपी साउदसहितका चार दर्जन भन्दा बढि निवर्तमान केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *