ज्योति विकास बैंकद्वारा देवीघाट जेष्ठ नागरिक संरक्षण केन्द्रलाई कपडा धुने मेसिन सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख ३१, बिहीबार १९:२५

नुवाकोट — “सेवा नै धर्म हो” र “कर्म नै प्राप्ति हो” भन्ने भावनालाई आत्मसात गर्दै ज्योति विकास बैंक लिमिटेड बट्टार शाखाले देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन केन्द्रलाई कपडा धुने मेसिन सहयोग गरेको छ।


परिवारविहीन तथा आश्रयविहीन आमा–बुबाहरूलाई दैनिक जीवन सहज बनाउन बैंकले उक्त सहयोग प्रदान गरेको हो। सहयोग स्वरूप प्रदान गरिएको कपडा धुने मेसिन बैंकको बट्टार शाखाका प्रतिनिधिहरूले प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई हस्तान्तरण गरेका थिए।


देवीघाटस्थित उक्त प्रतिष्ठानमा हाल करिब ३० जना जेष्ठ नागरिकले आश्रय लिँदै आएका छन्। वृद्धवृद्धाहरूको कपडा धुन सहज होस् भन्ने उद्देश्यले मेसिन सहयोग गरिएको बैंकले जनाएको छ।


ज्योति विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सहयोगात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकले नुवाकोटको महादेवफाँट, बट्टारलगायत विभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

साे अवसरमा उद्योग बाणिज्य महासंघकी केन्द्रीय सदस्य गिता अमात्य सहितमा अन्य समावेसीहरुकाे सहभागिता रहेको थियाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *