नुवाकोटमा दाजुभाइकाे हत्यारालाई कठाेर कारबाही गर्न कांग्रेस सहमहामन्त्री लामाकाे माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १, शुक्रबार १५:०२

नुवाकोट — नेपाली कांग्रेसका सहमहामन्त्री बहादुरसिंह लामाले नुवाकोटको म्यागङमा भएको दाजुभाइ हत्या घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत सोमनाथ र सुर्यमानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।


लामाले शुक्रबार शोक विज्ञप्ति जारी गर्दै “अपराधीको एउटा क्रूर निर्णयले दुई युवाको जीवन सदाका लागि अन्त्य भएको” उल्लेख गर्दै घटनाको घोर भर्त्सना गरेका हुन्। उनले दोषीमाथि कठोर कानुनी कारबाही गर्न राज्य प्रशासन निर्मम भएर लाग्नुपर्ने बताएका छन्।


विज्ञप्तिमा उनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन्। बुधबार नुवाकोटको म्यागङमा स्थानीय युवाहरुले भरुवा बन्दुक प्रयोग गरी दाजुभाइ सोमनाथ र सुर्यमानमाथि गोली प्रहार गर्दा उनीहरुको ज्यान गएको थियो।

घटनापछि प्रहरीले हत्या आरोपितहरुलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *