रास्वपाले सार्वजनिक गर्‍यो नुवाकोट जिल्ला अधिवेशनको कार्यतालिका(कार्यतालिकासहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १, शुक्रबार २१:०३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला समितिले वडा, पालिका तथा जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।


जिल्ला कार्यालयद्वारा जारी सूचनाअनुसार जिल्लाभित्रका अधिकांश वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने बाँकी वडा, पालिका र जिल्ला अधिवेशनका लागि नयाँ मिति तय गरिएको छ ।


रास्वपा नुवाकोट जिल्ला समितिको वैशाख ३० गते बसेको भर्चुअल बैठकको निर्णयअनुसार अधिवेशन हुन बाँकी वडाहरूको अधिवेशन जेठ १२ गतेभित्र सम्पन्न गरिने उल्लेख गरिएको छ । साथै पालिका अधिवेशनहरू जेठ १७ गतेभित्र र जिल्ला अधिवेशन जेठ २३ वा २४ गते सम्पन्न गर्ने निर्णय गरिएको रास्वपा नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।


सार्वजनिक कार्यतालिकाअनुसार ककनी गाउँपालिकाका वडा नं. २ र ५ को अधिवेशन जेठ ३ गते, शिवपुरी गाउँपालिकाका वडा नं. १, २, ३ र ४ को जेठ ७ गते तथा वडा नं. ५, ६ र ७ को जेठ ८ गते अधिवेशन हुने तय गरिएको छ ।


यस्तै, सूर्यगढी गाउँपालिकाको पालिका अधिवेशन जेठ ९ गते, लिखु गाउँपालिकाको जेठ ९ गते, पञ्चकन्या गाउँपालिकाको जेठ १० गते, ककनी गाउँपालिकाको जेठ १३ गते, दुप्चेश्वर गाउँपालिकाको जेठ १५ गते, तादी गाउँपालिकाको जेठ १६ गते तथा शिवपुरी गाउँपालिकाको जेठ १७ गते अधिवेशन हुने कार्यतालिकामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *