काठमाडौं — नेकपा (एमाले) ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसको अवसरमा आइतबार देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
स्मृति दिवसका अवसरमा काठमाडौंको मदननगर बल्खुमा विशेष स्मरण कार्यक्रम तथा गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठी आयोजना गरिने एमालेले जनाएको छ।
यसैगरी, देशका विभिन्न जिल्लामा मदन–आश्रितको राजनीतिक योगदानबारे चर्चा, अन्तरक्रिया, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर सञ्चालन तथा अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरणलगायत कार्यक्रम तय गरिएको छ।
जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा निधन भएको थियो। भण्डारीलाई ‘जनताको बहुदलीय जनवाद’ का प्रमुख व्याख्याता तथा नेपाली कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेताका रूपमा सम्झिने गरिन्छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्