रास्वपा रसुवा जिल्ला समितिको सभापतिमा बसन्त भट्ट निर्वाचित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ३, आईतवार ०८:०१

काठमाडौं– रसुवा जिल्ला समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट सभापतिमा बसन्त भट्ट निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न भएको अधिवेशनले उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन तथा सह–सचिवमा रविन्द्र तामाङ निर्वाचित भएका छन् ।


समितिका सदस्यहरूमा निर्मन घले, सानुमाया तामाङ, सुशिल खतिवडा, युवराज घले तथा कृष्णबहादुर घले निर्वाचित भएका छन् ।


नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
निर्वाचन समिति संयोजकको जिम्मेवारी स्वस्तिका लामिछानेले सम्हालेकी थिइन् भने समिति सदस्यहरूमा इन्दिरा गौतम र जानुका सुबेदी रहेका थिए । यसअघि उद्घाटन समाराेहमा पार्टीका महामन्त्री,त्यसैगरि बागतमी प्रदेश सभापति डा अच्युतम लामिछाने सहितका नेताहरु सहभागि भए का थिए ।

रास्वपाकाे जिल्ला समित गत निर्वाचनमा उज्यालो नेपाल पार्टीमा समाहित भएपछि जिल्ला समिति विघटन गर्दै समिति गठन गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *