नुवाकोट आदर्श क्याम्पसमा कक्षा ११ देखि ‘होटल म्यानेजमेन्ट’ विषय सञ्चालन हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ३, आईतवार १७:५२

विदुर । नुवाकोट आदर्श बहुमुखी क्याम्पस, विदुर–४ र सुप्रिम कलेज अफ होटल म्यानेजमेन्ट एन्ड इन्जिनियरिङ, विदुर–२ बीच कक्षा ११ मा ‘होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।


यसै शैक्षिक सत्रदेखि लागू हुने गरी गरिएको सम्झौतासँगै अब नुवाकोटमै होटल व्यवस्थापन विषय अध्ययन गर्ने अवसर विद्यार्थीहरूले पाउने भएका छन्।
सम्झौतापछि क्याम्पस प्रशासनले होटल म्यानेजमेन्ट अध्ययन गरी भविष्यमा करियर बनाउन चाहने सम्पूर्ण विद्यार्थीहरूलाई स्वागत गर्दै दक्ष जनशक्ति उत्पादनमा आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।


पर्यटन तथा होटल व्यवसायको बढ्दो सम्भावनालाई ध्यानमा राख्दै स्थानीय स्तरमै व्यावसायिक तथा सीपमूलक शिक्षा विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीम श्रेष्ठले जानकारी दिनुभयो ।


क्याम्पसले होटल व्यवसाय सम्बन्धी दक्ष जनशक्ति उत्पादनमार्फत नुवाकोटको शैक्षिक तथा व्यावसायिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *