चलचित्र कलाकार संघमा उत्तम केसी प्यानलको क्लिन स्वीप, अधिकांश पदमा जित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ४, सोमबार ०५:३९

काठमाडौं । चलचित्र कलाकार संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा उत्तम केसी विजयी भएका छन् । केसी नेतृत्वको प्यानलले अधिकांश पदमा जित निकाल्दै संघमा क्लिन स्वीप गरेको हो ।


निर्वाचनमा कुल ३५६ मत खसेको थियो । अध्यक्ष पदमा उत्तम केसीले २१६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी सबिन श्रेष्ठले १३२ मत पाए ।


उपाध्यक्षतर्फ पूजना प्रधान १४४ मत र शिवहरी बैरागी १४६ मतसहित विजयी भएका छन् । महासचिवमा सुनील कटवाल १९५ मतसहित निर्वाचित भए भने सचिवमा गोपाल ढकाल २१४ मतसहित विजयी बने ।
कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित विजयी हुँदा सहकोषाध्यक्षमा पवन केसी १६१ मतसहित निर्वाचित भएका छन् ।


सदस्य पदमा इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला (मोनीका) दाहाल, चन्द्रकला राई (लब्ली संगम), छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान इकु विजयी भएका छन् ।


निर्वाचन परिणामसँगै चलचित्र कलाकार संघमा उत्तम केसी नेतृत्वको प्यानलको वर्चस्व कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *