काठमाडौं । नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत बागमती प्रदेशस्तरीय भेला आयोजना हुने भएको छ । अभियानले प्रदेश तथा स्थानीय तह केन्द्रित कार्यक्रममार्फत जनप्रतिनिधि, पार्टी नेता तथा कार्यकर्तासँग छलफल गर्ने जनाएको छ ।
आयोजकका अनुसार भेलामा बागमती प्रदेशका विभिन्न पालिकाका जनप्रतिनिधिको समेत उल्लेख्य सहभागिता रहनेछ । कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारले प्रभावकारी रूपमा गर्नुपर्ने काम, सेवा प्रवाह सुधार, विकास निर्माणका प्राथमिकता तथा संविधान संशोधन वा आवश्यक परिमार्जनका विषयमा सुझाव संकलन गरिने उद्देश्य राखिएको छ ।
भेलाको उद्घाटन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम रहेको छ भने उपसभापति विश्वप्रकाश शर्माको पनि विशेष उपस्थिति रहने जनाइएको छ ।
कार्यक्रम जेठ ४ गते धुलिखेल नगरसभा हलमा बिहान ११ बजे आयोजना गरिने आयोजकले जनाएको छ । अभियानले स्थानीय तह र प्रदेश सरकारका अनुभवलाई समेटेर आगामी राजनीतिक तथा नीतिगत दिशाका लागि सुझाव संकलन गर्ने विश्वास लिएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्