खड्का समूहको सुदूरपश्चिम प्रदेशस्तरीय भेला जेठ १० गते हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ४, सोमबार १०:३५

काठमाडौं, जेठ ५ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सुदूरपश्चिम प्रदेशस्तरीय भेला आगामी जेठ १० गते आयोजना गर्ने भएको छ।


पार्टीभित्रको आन्तरिक गतिविधि तथा संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर भेला आयोजना गर्न लागिएको जनाइएको छ। भेलामा सुदूरपश्चिम प्रदेशका कांग्रेस नेता, कार्यकर्ता तथा विभिन्न तहका जनप्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।


भेलामा पार्टीको वर्तमान अवस्था, आगामी रणनीति, संगठन विस्तार तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *