|
२०८३ जेष्ठ ४, सोमबार १५:१९

काठमाडौं । नेपालका लेगस्पिनर सन्दीप लामिछाने एकदिवसिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्। आइसिसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा तीन विकेट लिएसँगै उनले यो रेकर्ड बनाएका हुन्। ७३ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमै उनले १५० विकेट लिएका हुन्।
यसअघि अष्ट्रेलियन बलर मिचेल स्ट्राकको नाममा यो कीर्तिमान थियो। मिचेलले ७६ खेलमा १५० विकेट लिएका थिए। एकदिवसीयमा सबैभन्दा कम खेलमा एक सय विकेटको रेकर्ड पनि सन्दीपकै नाममा छ। अफगानिस्तानका रसिद खानको रेकर्ड तोड्दै उनले ४२ खेलमा एक सय विकेट लिएका हुन्। त्यस्तै, टी– २० अन्तर्राष्ट्रियमा लगातार सबैभन्दा धेरै खेलमा विकेट लिने कीर्तिमान पनि उनकै नाममा छ। उनले लगातार २६ टी–२० अन्तर्राष्ट्रियमा विकेट लिन सफल भएका थिए।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्