पूर्व सांसद लोहनी साइबर ठगीको सिकार :हेर्दाहेर्दै २ लाख ९४ हजार गायब :

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ५, मंगलवार १०:३६

नुवाकोट, जेठ ५ । नुवाकोटका पूर्व सांसद एवं नेकपाका नेता राजेन्द्रप्रकाश लोहनी साइबर ठगीको सिकार बनेका छन् । अज्ञात व्यक्तिले बैंकको केवाईसी (KYC) अपडेट गर्ने बहानामा उनको बैंक खाताबाट करिब २ लाख ९४ हजार रुपैयाँ चोरी गरेको हो ।


लोहनीका अनुसार सोमबार दिउँसो करिब ४ बजे नचिनेको नम्बरबाट फोन आएको थियो । फोन गर्ने व्यक्तिले आफूलाई बैंकसँग सम्बन्धित कर्मचारी बताउँदै वाणिज्य बैंकको केवाईसी विवरण अद्यावधिक गर्न आग्रह गरेका थिए । सुरुमा खातामा धेरै रकम नरहेको बताए पनि विभिन्न प्रक्रिया गराउन लगाइएपछि उनको एनआईसी एशिया बैंक खाताबाट रकम चोरी भएको उनले बताएका छन् ।


घटनापछि उनले बैंकलाई जानकारी गराउनुका साथै प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएका छन् ।
घटनापछि सामाजिक सञ्जालमार्फत आफ्नो पीडा व्यक्त गर्दै लोहनीले लेखेका छन्,


“हेर्दा हेर्दै गर्दा २९४००० गायब ! आज मेरो जीवनमा घटेको घटना हो यो । मेरो NIC Asia Bank मा करिब २ लाख ९४ हजार रकम थियो । अनेक कुरा गरेर मेरो सबै पैसा ह्याकरले लग्यो । म अब कहाँ र कसलाई भनूँ ! भन्नु मात्रै हो, अरु के गर्नु र !”


यस घटनाले पछिल्लो समय बढ्दो साइबर ठगीप्रति सर्वसाधारणलाई थप सचेत रहन आग्रहआवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *