काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल २० दिनको बिदामा बसेकी छन् । बुधबारदेखि लागू हुने गरी उनले बिदा लिएको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार नयाँ प्रधानन्यायाधीशको पदबहालीपछि मल्ल बिदामा बसेकी हुन् । उनले गत चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।
संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ वरीयतामा रहेका मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि मल्ल असन्तुष्ट रहेको चर्चा न्याय क्षेत्रमै भइरहेको थियो । उनले विभिन्न सार्वजनिक कार्यक्रममा समेत नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
यसैबीच, संसदीय सुनुवाइ समितिबाट अनुमोदन पाएपछि शर्माले मंगलबार राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई शपथ गराएका हुन्
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्