कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ६, बुधबार १८:२०

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।


केन्द्रले सोमबार शिक्षा विकास तथा समन्वय इकाइहरूलाई पत्राचार गर्दै माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को भर्ना, सूचना प्रवाह तथा पठनपाठनको आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको हो ।


शिक्षा तथा खेलकुद मन्त्रालयको निर्देशनअनुसार शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ ।


केन्द्रले सम्बन्धित स्थानीय तह र विद्यालयलाई समेत आवश्यक समन्वय तथा सहजीकरण गर्दै निर्णय कार्यान्वयन गर्न अनुरोध गरेको छ ।


विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका शाखा अधिकृत शान्ति विश्वकर्माले हस्ताक्षर गरेको उक्त पत्र २०८३ असार ५ गते जारी गरिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *