खुला प्रतिस्पर्धाबाट सञ्चार संस्थाका अध्यक्ष छनोटका लागि आह्वान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ७, बिहीबार ०७:३५


काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपाल, सार्वजनिक सेवा प्रशारण संस्था र गोरखापत्र संस्थान का अध्यक्ष पद खुला प्रतिस्पर्धामार्फत पूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै तीनवटै संस्थाका अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयका अनुसार प्रतिस्पर्धात्मक प्रणालीमार्फत योग्य एक/एक जना उम्मेदवार छनोट गरी नियुक्ति गरिनेछ ।
सूचनाअनुसार इच्छुक व्यक्तिले आगामी जेठ १८ गतेभित्र आवेदन दिनुपर्नेछ ।

आवेदनसम्बन्धी विस्तृत विवरण गोरखापत्रमा प्रकाशित सूचनामार्फत सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *