रास्वपा लिखु गाउँपालिकाको सभापतिमा विष्णुकुमार श्रेष्ठ निर्वाचित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ९, शनिबार १८:२१


नुवाकोट — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिकाको प्रथम अधिवेशनबाट विष्णुकुमार श्रेष्ठ गाउँपालिका सभापतिमा निर्वाचित भएका छन्।

सभापति पदका लागि प्रारम्भमा चार जनाले दाबी प्रस्तुत गरे पनि अन्तिम समयमा दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि दिलिप गौतम र विष्णुकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो।


अधिवेशनमा कुल १ सय १ मत खसेकोमा श्रेष्ठले ६८ मत प्राप्त गर्दै विजयी बने भने उनका प्रतिस्पर्धी गौतमले ३३ मत प्राप्त गरेका थिए। श्रेष्ठले गौतमलाई दोब्बरभन्दा बढी मत अन्तरले पराजित गरेका हुन्।


अन्य पदाधिकारी भने सर्वसम्मत चयन भएका छन्।
अधिवेशनपछि नवनिर्वाचित सभापति श्रेष्ठले पार्टीलाई गाउँस्तरसम्म सशक्त बनाउँदै संगठन विस्तार, जनसम्पर्क वृद्धि र युवाको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


यसअघि कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा नुवाकोट क्षेत्र नं. २ का सांसद एवं रास्वपा बागमती प्रदेश सभापति अच्चुतम लामिछानेले अधिवेशनको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *