रास्वपा सुर्यगढीकाे सभापतिमा राजु गिरी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १०, आईतवार ०९:३१

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सूर्यगढी गाउँपालिका समितिको सभापतिमा राजु गिरी सर्वसम्मत चयन भएका छन् । गाउँपालिकाको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।
नवनिर्वाचित समितिको उपसभापतिमा तुलसा बाग्ले अधिकारी, सचिवमा रमेश लामा, सहसचिवमा सिताराम गिरी तथा कोषाध्यक्षमा चयन भएका छन् । सदस्यहरूमा भुवन मगर, नमराज सावित्री न्याैपाने सविन लामिछान लगायत रहेका छन् ।


अधिवेशनमा प्रमुख अतिथिका रूपमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना सहभागी थिए । त्यसैगरी बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, केन्द्रीय सदस्य मधुसूदन ढकाल, महामन्त्री सुरेन्द्र भट्ट, जिल्ला सभापति रामेश्वर गजुरेललगायत केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका तहका नेताहरूको उपस्थिति रहेको थियो ।


अधिवेशनमा विभिन्न तहका नेताहरू, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *