नुवाकोट, जेठ १० । नुवाकोटको राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यगढी गाउँपालिका समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट राजु गिरीको नेतृत्वमा नयाँ गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।
अधिवेशनमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना सहभागी भएका थिए ।
त्यसैगरी बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, केन्द्रीय सदस्य मधुसूदन ढकाल, महामन्त्री सुरेन्द्र भट्ट तथा जिल्ला सभापति रामेश्वर गजुरेल लगायत नेताहरूको उपस्थिति रहेको थियो ।
अधिवेशनबाट गाउँपालिका सभापतिमा राजु गिरी चयन भएका छन् । उपसभापतिमा तुलसा वाग्ले अधिकारी, सचिवमा रमेश लामा, सहसचिवमा सिताराम गिरी तथा कोषाध्यक्षसहित सदस्यहरूमा भुवन मगर, नामराज गिरी, सावित्री न्यौपाने र सविन लामिछाने चयन भएका छन् ।
कार्यक्रममा सहभागी वक्ताहरूले संगठन विस्तार, जनसरोकारका मुद्दा उठान तथा स्थानीय तहमा पार्टीको प्रभावकारी भूमिका बढाउने विषयमा जोड दिएका थिए ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्