धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति बीरबहादुर बलायर ले आफूहरू अनुदानको राजनीतिबाट नपलाएको भन्दै पार्टीभित्रको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।
आइतबार धनगढीमा आयोजित ‘नेपाली कांग्रेसको बृहत् एकता र पुनर्जागरणका लागि सुदूरपश्चिमस्तरीय भेला’लाई सम्बोधन गर्दै उनले आफूहरू संघर्ष र मिहिनेतबाट निखारिएको नेतृत्व भएको बताएका हुन् ।
बलायरले सर्वोच्च अदालतको फैसलापछि नेतृत्व स्वीकार गरे पनि वर्तमान शैलीबाट कांग्रेस अघि बढ्न नसक्ने दाबी गरे । उनले देउवा नेतृत्वको दुईतिहाइ शक्ति अहिले पार्टीबाहिर रहेको उल्लेख गर्दै नेतृत्वको कार्यशैलीप्रति विमति रहेको बताए ।
प्रदेश समितिबाट आयोजित भेलालाई गुटको भेला भनेर व्याख्या गरिएकोप्रति आपत्ति जनाउँदै उनले यो केवल सुरुवात मात्रै भएको प्रतिक्रिया दिए । साथै, गगनकुमार थापा ले उठाएको ‘कांग्रेस लास र दासको पार्टी होइन’ भन्ने अभिव्यक्तिको प्रसंग उल्लेख गर्दै आफूहरू पौरख र संघर्षबाट स्थापित भएको बताएका छन्
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्