पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाले राखे ५ प्रस्ताव

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ११, सोमबार १०:२६

काठमाडौँ । पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि विवादमा रुमलिएको नेपाली कांग्रेसमा एकता कायम राख्न नेता डा. शेखर कोइराला ले पाँच प्रस्ताव राखेका छन् ।


आफूलाई भेट्न आएका सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल लगायतसँग डा. कोइरालाले पार्टीमा एकता कायम राख्न भन्दै पाँच प्रस्ताव राखेको सचिवालयले जनाएको हो ।
डा. कोइरालाले आइतबार रातोपाटीसँगको कुराकानीमा आफूले पार्टीमा एकता कायम राख्नका लागि केही प्रस्ताव सभापति र पदाधिकारीसमक्ष राखेको बताएका थिए ।


उनले भने, “मलाई वरिष्ठ नेता चाहिएको छैन । पार्टीमा एकता कायम राख्नुपर्छ भनेको छु । त्यसका लागि गर्नुपर्ने केही काम पनि मैले पार्टी पदाधिकारीलाई दिएको छु ।”


डा. कोइरालालाई चैत २२ गते महामन्त्री प्रदीप पौडेल र वैशाख २३ गते सभापति गगन थापाले विशालनगरस्थित उनकै सम्पर्क कार्यालयमा पुगेर भेटेका थिए । ती भेट तथा त्यसपछि पार्टी नेतृत्व र पदाधिकारीसँग भएका अनौपचारिक छलफलमा कोइरालाले पाँच प्रस्ताव राखेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् ।


पार्टी एकता कायम राख्न डा. कोइरालाले अघि सारेका पाँच प्रस्ताव:
१) १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।
२) १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने ।
३) १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।
४) कार्यसम्पादन समिति सभापतिको बहुमत हुने गरी गठन गर्ने ।
५) निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति लगायत अन्य समितिहरू आपसी सहमतिबाट मात्रै गठन गर्ने । स्राेत : राताे पाटी अनलाइन

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *