गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन नबोल्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ११, सोमबार १२:२३

११ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यस वर्षको गणतन्त्र दिवसको मूल समारोहमा सम्बोधन नगर्ने भएका छन् । उनले समारोहमा सम्बोधन नगर्ने निर्णयबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेको स्रोतले जनाएको छ ।


हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिन्छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुने परम्परा छ । समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास रहँदै आएको भए पनि यसपटक त्यो परम्परा परिवर्तन हुने भएको हो ।


स्रोतका अनुसार प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले नै सम्बोधन गर्नु उपयुक्त हुने उल्लेख गर्दै पत्राचार गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई मानिने भएकाले उहाँबाटै सम्बोधन गराउन अनुरोध गरिएको बताइएको छ ।


संविधानको धारा ६६ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा आफ्नो अधिकार प्रयोग गर्ने व्यवस्था रहेको छ । सोही संवैधानिक प्रावधानका आधारमा यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको जनाइएको छ ।

तर संसद र संसदीय व्यवस्थाका कार्यकारी प्रमुखले हालसम्म देश र जनताका नाममा बाेलेका छैनन् । आफूलाई प्रधानमन्त्री बनाउने संसदप्रति समेत प्रधानमन्त्री जवाफ रदेही नभएको भन्दै विपक्षी दलहरूले समेत आलोचना गर्दै आएका छन् ।संदमा नीति तथा कार्यक्रममा उठेका प्रश्न हरुकाे जवाफ प्रधानमन्त्रीकाे तर्फबाट अर्थमन्त्री स्वर्णीम वाग्लेले दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *