रसुवा जाँदै गरेका युवकबाट ४३ हजार अमेरिकी डलर बरामद

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ११, सोमबार १३:४७

रसुवा । सार्वजनिक यातायातमार्फत काठमाडौंबाट रसुवा जाँदै गरेका एक युवकको साथबाट प्रहरीले ४३ हजार अमेरिकी डलर बरामद गरेको छ।


आज बिहान रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित बेत्रावती बजार क्षेत्रमा पासाङल्हामु सडकखण्डमा चेकजाँचका क्रममा उक्त रकम फेला परेको हो।


जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका–५ घर भएका ३७ वर्षीय सुशिल गुरुङ रहेका छन्। उनी बा.प्र.०१–००६ ख ९५१५ नम्बरको यात्रुवाहक बसमार्फत टिमुरेतर्फ जाँदै थिए।


विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बस रोकेर खानतलासी गर्दा गुरुङको साथबाट अमेरिकी डलर बरामद भएको जनाएको छ। पक्राउ परेका गुरुङलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *