|
२०८३ जेष्ठ ११, सोमबार १४:३६
विदुर, जेठ ११ — विदुर नगरपालिकाले संस्थागत विद्यालयहरूलाई तोकिएको शुल्कभन्दा बढी रकम नलिन निर्देशन दिएको छ।
नगरपालिकाको शिक्षा शाखाले आइतबार जारी गरेको पत्रमार्फत चालु शैक्षिक सत्र २०८३ मा केही संस्थागत विद्यालयहरूले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क असुल गरेको गुनासो प्राप्त भएको जनाएको हो।
नगरपालिकाले यसअघि नै मासिक तथा वार्षिक शुल्क निर्धारण गरी सोही अनुसार कार्यान्वयन गर्न परिपत्र गरिसकेको भए पनि केही विद्यालयले अतिरिक्त शुल्क उठाएको जानकारी आएपछि ध्यानाकर्षण भएको जनाएको छ।
शिक्षा शाखाका अनुसार नगरपालिकाले तोकेको सीमा र दायराभन्दा बढी शुल्क असुल नगर्न तथा नगरपालिकाको निर्देशन पालना गर्न विद्यालयहरूलाई अनुरोध गरिएको छ। निर्देशित व्यवस्था उल्लंघन गरे प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्