देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ११, सोमबार १८:१०

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान दम्पतीलाई पक्राउ नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि त्यसविरुद्ध देउवा पक्ष सर्वोच्च पुगेको थियो। रिटमा जिल्ला अदालतलाई यस्तो अनुमति दिने अधिकारक्षेत्र नभएको दाबी गरिएको छ।


सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दुवै पक्षबीच छलफल गरेपछि पक्राउ प्रक्रिया तत्काल अघि नबढाउन आदेश दिएको हो। आदेशको विस्तृत लिखित विवरण आउन बाँकी छ।


यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो।


देउवा पक्षले अनुसन्धानमा सहयोग गर्न तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको दाबी रिटमा गरेको छ। चुनावअघि हङकङ गएका देउवा दम्पती अझै स्वदेश फर्किएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *