संविधान संशोधनका लागि शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न केसीको माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १२, मंगलवार १३:२६

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संविधान संशोधनको बहस सरकारी कार्यदलमा मात्र सीमित रहन नहुने बताएका छन् ।


प्रतिनिधिसभाको बैठक बोल्दै उनले संविधान संशोधनबारे व्यापक बहस गर्न शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न माग गरे ।

केसीले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा, न्यायिक विज्ञ, राजनीतिक दल तथा नागरिक समाजको समेत सहभागिता रहने गरी आयोग गठन गरिनुपर्नेमा जोड दिए ।


उनले संविधान संशोधनजस्तो संवेदनशील विषयमा सबै पक्षको सहभागिता र सहमतिबाट अघि बढ्नुपर्ने धारणा राख्दै यसले लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *