नेपाली बजारमा सुन तोलामा ५ हजार ५०० र चाँदी २१५ रुपैयाँले घट्यो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १४, बिहीबार ११:२३



काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।


आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ५०० रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।


त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २१५ रुपैयाँले घटेर ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ८० रुपैयाँ रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *