गणतन्त्रको रक्षा र सुदृढीकरणमा सबै एकजुट हुनुपर्छ : सभापति थापा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १५, शुक्रबार ०८:४४

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गणतन्त्र दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।


जेठ १५ गतेका अवसरमा जारी शुभकामना सन्देशमा उनले लोकतन्त्र स्थापना तथा पुनःस्थापनाका ऐतिहासिक आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


सभापति थापाले जनआन्दोलन २०६२/६३ को सफलतापछि संविधानसभाको निर्वाचन सम्पन्न भएको र संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको स्मरण गरेका छन् ।
उनले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै मुलुकलाई समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उल्लेख गरेका छन् ।


त्यस्तै, नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धि, लोकतान्त्रिक मूल्य–मान्यता र समतामूलक समाज निर्माणको साझा यात्रामा गणतन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।


अन्त्यमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *