मन्त्रिपरिषद्बाट आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत, अर्थमन्त्री वाग्लेले आज संसद्मा प्रस्तुत गर्ने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १५, शुक्रबार १६:०५

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि बजेट स्वीकृत गरेको छ । शुक्रबार (जेठ १५) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको हो।


सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल ले बैठकबाट बजेट स्वीकृत भएको जानकारी दिएका छन्।


मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्को संयुक्त बैठकमा बजेट टेबुल गर्दै सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेट प्रस्तुतिका लागि अब संसद् बैठक सुरु हुने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *