आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट (पूर्णपाठ)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १५, शुक्रबार १९:१२

काठमाडौँ, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड रुपियाँ (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ चार खर्ब २२ अर्ब रुपियाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको जानकारी दिनुभयो ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट विनियोजन गरेको हो। चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकारमा वृद्धि गरिएको छ ।

बजेट शीर्षक : विनियोजित रकम प्रतिशत

चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ ५९.८ %

पुँजीगत खर्च ४ खर्ब ३१ अर्ब १० करोड रुपियाँ २०.३ %

वित्तीय व्यवस्थापन ४ खर्ब २२ अर्ब रुपियाँ १९.९ %

कुल बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँ १००

%https://drive.google.com/file/d/1BxtA764jJzqqLHfib5Ks3NYzvpOs5S0U/preview

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *