काठमाडौं ः शनिबार देशभर साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ।
देशका तराई र पहाडी भू(भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। शनिबार राति सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू(भागमा आंशिक बादल लाग्ने विभागले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली र, गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्