|
२०८३ जेष्ठ १५, शुक्रबार २२:२३
काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेट अत्यन्तै महत्वाकांक्षी रहेको बताएका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेलगत्तै प्रतिक्रिया दिँदै महतले बजेटको आकार, राजस्व लक्ष्य तथा वैदेशिक ऋण प्राप्तिको योजना व्यवहारिक नभएको बताएका हुन्।
उनले २१ खर्बभन्दा बढीको विनियोजनअनुसार आर्थिक स्रोत जुटाउन कठिन हुने उल्लेख गर्दै सरकारसँग त्यति ठूलो खर्च कार्यान्वयन गर्ने क्षमता पनि कमजोर रहेको बताए।
महतले कर्मचारीको तलब वृद्धि तथा केही क्षेत्रगत सुधारका प्रयास सकारात्मक भए पनि बजेटको मुख्य चुनौती स्रोत व्यवस्थापन र प्रभावकारी कार्यान्वयनमै रहने धारणा व्यक्त गरे।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्