एमाले नुवाकोटका तीन नेतालाई महत्वपूर्ण जिम्मेवारी (३०१नेताहरुकाे जिम्मेवारीसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १६, शनिबार ०९:३५

नुवाकोट – नेकपा (एमाले) ले नुवाकोटका तीन नेतालाई महत्वपूर्ण पार्टी जिम्मेवारी प्रदान गरेको छ। पार्टीको सचिवालय बैठकका निर्णयसहित शुक्रबार सार्वजनिक गरिएको अन्तरपार्टी निर्देशन (अपानी) अनुसार केन्द्रीय सदस्य केशव पाण्डेलाई नुवाकोट जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ।


त्यसैगरी, एमालेकी प्रभावशाली नेतृ बिन्दा पाण्डेलाई पार्टीको अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ भने अर्की नेतृ विन्दा ढुंगानालाई ‘मिसन पार्टी जागरण’ अभियानको जिम्मेवारी सुम्पिएको छ।


पार्टी सचिवालयको जेठ ४ गतेदेखि १० गतेसम्म बसेको बैठकले विभिन्न संगठनात्मक तथा राजनीतिक निर्णयहरू गरेको थियो। ती निर्णयलाई समेटेर जारी गरिएको अपानीमार्फत देशभरका नेता–कार्यकर्ताको जिम्मेवारी हेरफेर तथा व्यवस्थापन गरिएको हो।


अपानीमा पार्टीले वर्तमान सरकारका गतिविधिप्रति गम्भीर असन्तुष्टि पनि जनाएको छ। सरकारले जनअपेक्षा अनुरूप काम गर्न नसकेको, सुशासन र विकासका सवालमा प्रभावकारी परिणाम दिन नसकेको तथा जनतामा निराशा बढ्दै गएको निष्कर्ष सचिवालय बैठकले निकालेको उल्लेख गरिएको छ।


एमालेले पार्टी संगठनलाई थप सुदृढ बनाउने, जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा आगामी राजनीतिक चुनौती सामना गर्न संगठनात्मक अभियानलाई तीव्र बनाउने उद्देश्यसहित विभिन्न तहका नेताहरूलाई नयाँ जिम्मेवारी प्रदान गरेको जनाएको छ।

नेताहरुकाे जिम्मेवारी हेर्न तल क्लिक गर्नुहाेस्

11th-Congress-Apani-2-Final

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *