टोकियोमा अध्ययनरत नेपाली विद्यार्थी अमन अधिकारी सम्पर्कविहीन, खोजीका लागि सहयाेगकाे अपिल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १६, शनिबार १९:४२

टोकियो, जापान — टोकियोस्थित एभरेस्ट इन्टरनेशनल स्कुलमा कक्षा ९ मा अध्ययनरत नेपाली विद्यार्थी अमन अधिकारी परिवारको सम्पर्कबाट बाहिर रहेपछि उनकाे खोजी कार्य तीव्र पारिएको छ।


प्राप्त जानकारीअनुसार नुवाकोट बिदुर न पा वार्ड न ३ पिपल डाँडा स्थायी घर भएका माधव अधिकारीकाे छाेरा अमन हिजो बिहान करिब ८:२० बजे विद्यालय गएका थिए। विद्यालयको नियमित कक्षा सकेर साँझ करिब ५:०० बजे विद्यालयबाट निस्किएको जानकारी भए पनि त्यसयता उनी परिवारको सम्पर्कमा आउनुभएको छैन।


अमन सम्पर्कविहीन भएपछि परिवार, विद्यालय प्रशासन तथा सम्बन्धित निकायहरूले खोजी कार्य सुरु गरेका छन्। साथै जापानमा रहेका नेपाली समुदायलाई समेत खोजीमा सहयोग गर्न अनुरोध गरिएको छ।


यदि कसैले अमन अधिकारीलाई देख्नुभएको छ वा उनकाे अवस्थाबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने नजिकको प्रहरी कार्यालय, विद्यालय प्रशासन वा परिवारलाई तत्काल जानकारी गराइदिन अनुरोध गरिएको छ।


परिवारले अमनको सकुशल फिर्तीको अपेक्षा गर्दै सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्‍याइ खोजी कार्यमा सहयोग गरिदिन सबैमा अपिल गरेको छ।

राेजगारीकाे सिलसिलामा आमा बुबा दुबै जना जापानमा रहेकाे उनी कक्षा ९ मा पढ्दै आएका छन् ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *