सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको गम्भीर आपत्ति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १८, सोमबार १२:४६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार नेकपा प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ती जारी गरी प्रधानमन्त्री बालेनले सीमा विवादबारे आइतबार संसदको रोस्ट्रमबाट दिएको अभिव्यक्तिको निन्दा र भर्त्सना गरेका हुन्। प्रधानमन्त्री बालेनले आइतबार शाहले भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको र त्यो विषय आफू प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको बताएका थिए। नेकपाले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भनेको छ।

नेकपाले जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा (अदलबदल क्रस होल्डिङ) भिन्न विषय भएको पनि बताएको छ। भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको ऑतक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो, नेकपाले भनेको छ।सुगौली सन्धि तथा प्राचीन सीमा स्तम्भहरूको आधारमा निर्धारण भएको नेपाल(भारत अन्तर्राष्ट्रिय सीमारेखाले गर्दा सीमावर्ती नागरिकको खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नुलाई कब्जाु भनिँदैन।

यसलाई जग्गाको भोगचलनको अवस्था भनिन्छ । देशको कार्यकारी प्रमुखले संसद्‌को रोस्ट्रमबाटै राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्दै नेपालले भारतको जमिन कब्जा गरेको भनी दिएको अभिव्यक्ति संविधानको मर्मविपरीत छ,विज्ञप्तीमा अगाडि भनिएको छ। नेपाल र भारतबीच सीमा विवाद रहेको र त्यसलाई कूटनीतिक माध्यमवाट हल गर्नुपर्छ भन्नेमा नेकपा स्पष्ट रहेको पनि विज्ञप्तीमा उल्लेख छ। तर, हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा गरेको छैन भन्ने तथ्यमा टेकेर मात्रै हाम्रो दाबी कायम रहने नेकपाको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *