रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १८, सोमबार १३:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने आज अपराह्न २ बजे भारत प्रस्थान गरेका हुन् । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार रविले जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमण गर्नेछन् । त्यसक्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।उनले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । त्यसपछि उनले अयोध्याको भ्रमण पनि गर्ने पार्टी प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतलेराजकीय भ्रमणका लागि निमन्त्रण दिइएको बताइएको थियो । तरशाह भने तत्काल भारत जाने तयारीमा रहेका छैनन् । यसै सन्दर्भमा भारतीय सत्रारुढ दलको निमन्त्रणमा नेपालका सत्ताधारी दलका अध्यक्ष लामिछाने भारत भ्रमणमा गएका छन् । यसलाई अर्थपूर्ण रुपमा हेरिएको भएपनि भारतीय जनता पार्टीले एक विज्ञप्ति जारी गर्दै सत्ताधारीदलबीचको सम्बनध विस्तार र आपसी सद्भावका लागि भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *