नेपाली कांग्रेसले देश–विदेशका नेपालीका लागि क्रियाशील सदस्यता आवेदन खुला गर्‍यो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १९, मंगलवार ११:०४

काठमाडौं — नेपाली कांग्रेसले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकका लागि नयाँ क्रियाशील सदस्यता आवेदन प्रक्रिया खुला गरेको छ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अब योग्यता पुगेका इच्छुक नागरिकले अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिन सक्ने भएका छन्।


सोमबार पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सदस्यता खुला गर्ने निर्णय गरेको हो।


पार्टीका अनुसार नयाँ क्रियाशील सदस्य बन्न चाहने व्यक्तिले नेपालको संविधान, पार्टीको विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ। इच्छुक नागरिकले पार्टीको आधिकारिक वेबसाइटमार्फत सहज रूपमा आवेदन फारम भर्न सक्ने व्यवस्था गरिएको छ।


कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा डिजिटल प्रविधिको प्रयोगमार्फत विश्वभर रहेका नेपालीलाई पार्टीसँग जोड्न अनलाइन आवेदन प्रणाली सुरु गरिएको उल्लेख छ।
पार्टीले संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालिएको जनाएको छ। यसबाट देश तथा विदेशमा रहेका नयाँ पुस्ताका नेपालीलाई कांग्रेससँग आबद्ध हुन सहज हुने विश्वास पार्टीले व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *