प्रतिनिधिसभा जेठ २५ सम्म स्थगित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १९, मंगलवार १६:१०



काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध भएको छ।

मंगलबार विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन वा सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै संसद्मा नाराबाजी गरेका थिए। उनीहरूले बैठकको वेलमा पुगेर विरोध जनाएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक जेठ २५ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्।


प्रधानमन्त्रीले आइतबारको प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै संसद् अवरोध गरेका हुन्।


यसअघि सोमबार पनि यही विषयमा विपक्षीको अडानका कारण संसद् बैठक सञ्चालन हुन सकेको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *