|
२०८३ जेष्ठ १९, मंगलवार १९:०१
काठमाडौं ।पाँच दिने भारत भ्रमणमा रहेका रवि लामिछाने ले भारतका विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारीलाई अघि बढाउने तथा दुई देशका नागरिकबीचको सम्बन्ध विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको बताइएको छ।
जयशंकरले सामाजिक सञ्जालमार्फत उक्त भेट विकास र समृद्धिलाई प्रोत्साहन गर्ने साझा चासोका विषयमा केन्द्रित रहेको उल्लेख गरेका छन्।
भारत भ्रमणका क्रममा लामिछानेले भारतीय गृहमन्त्री अमित शाह सँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ। साथै, भ्रमण अवधिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग समेत भेटघाट हुन सक्ने सम्भावना रहेको स्रोतहरूले बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्